यस कारण प्रभू बैकका सेयरधनीलाई राहात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

यस कारण प्रभू बैकका सेयरधनीलाई राहात



काठमाडाै ८ पुस । लामो समयसम्म अन्यौलको शिकार भएका ग्राण्ड बैंकका सेयरधनीहरुले ढिलै भए पनि राहात महसुस गर्ने भएका छन् ।

नेपाल राष्ट्रबैंकको बिहीबार बिहान बसेको संचालक समितिको बैठकले प्रभू बैकसँग मर्ज भएको ग्राण्ड बैंकको सबै सेयरहरुको कारोबार फुुकुुवा गर्ने निर्णय गरेपछि सेयरधनीको अन्यौल हटेको हो ।

यसअघि प्रभूू बैंकतर्फको सेयर मात्र कारोबारका लागि फुकुवा भएको थियो । तर २ दिन बजारमा कारोबार भएर ग्राण्डका सेयरधनीलाई अन्याय भएको र यो विषयको समेत उपयुक्त विकल्प ननिस्किएसम्मका लागि भन्दै धितोपत्र बोर्डले प्रभूको कारोबार पनि रोकिदिएको थियो । प्रभू बैंकमा ग्राण्डको सेयर रुपान्तरण नहुँदा समस्या भएको भनिएको थियो ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार ०१:५७