कैलाश विकास बैंकले पायो हकप्रद सेयर निष्कासनको अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

कैलाश विकास बैंकले पायो हकप्रद सेयर निष्कासनको अनुमती



काठमाडाै ८ पुस ।  कैलाश विकास बैंकले ५ बराबर थप १ कित्ता सेयर निष्कासन गर्न अनुमति पाएको छ । पुँजी बजार नियामक नेपाल धितोपत्र बोर्डले कैलाशलाई ५ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न अनुमति दिएको हो ।

बैंकले अब ३१ करोड ६० लाख ६७ हजार दुई सय रूपैयाँको ३१ लाख ६० हजार ६ सय ७२ कित्ता हकप्रद सेयर बिक्री खुला गर्नेछ । कैलाशको हकप्रदमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ ।
हाल कैलाशको चुक्ता पुँजी एक अर्ब ५८ करोड तीन लाख ३६ हजार रूपैयाँ रहेको छ । बैंकको रिजर्भ कोषमा ९९ करोड ४३ लाख ६८ हजार रूपैयाँ जम्मा भएको छ ।

कैलाशले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १३ करोड एक लाख ९८ हजार रूपैयाँ खुद नाफा कमाएको छ ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार ०६:३६