बुटवलपावरले २० प्रतिशत नगद लाभांस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बुटवलपावरले २० प्रतिशत नगद लाभांस



काठमाडौं ८ पुस ।बुटवल पावर कम्पनी लिमिटेडले सन् २०१७ देखि कावेली ए जलविद्युत र न्यादी जलविद्युत आयोजनाको निर्माण थाल्ने भएको छ। कावेली ३७.६ मेगावाट र न्यादी ३० मेगावाट क्षमताका जलविद्युत आयोजना हुन्।

कम्पनीको २४औं साधारणसभाका अवसरमा यो जानकारी दिइएको हो।कम्पनीको प्रत्यक्ष स्वामित्वमा १२ मेगावाटको झिमरुक जलविद्युत केन्द्र र ९.४ मेगावाट क्षमताको आँधिखोला जलविद्युत केन्द्र छन्। कम्पनीले सहायक कम्पनीमार्फत ६० मेगावाट क्षमताको खिम्ती र चार मेगावाट क्षमताको खुदी जलविद्युतमा लगानी गरेको छ।

कम्पनीले गत वर्षको खुद मुनाफाबाट २० प्रतिशत नगद लाभांस र संञ्चित कोषबाट चुक्ता पुँजीको सात प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव साधारणसभाले पारित गरेको छ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार १०:३१