ग्रान्ड बैंक प्रभुमा गाभिंदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्रान्ड बैंक प्रभुमा गाभिंदै



gpकाठमाडौं । प्रभुले ग्रान्ड बैंकलाई गाभ्न राखेको प्रस्तावलाई राष्ट्र बैंक सञ्चालक समितिले स्वीकृति दिएको छ । प्रभु बैंकको सो प्रस्तावलाई केन्द्रीय बैंकको मंगलबार बसेको समितिको बैठकले अनुमति दिएको हो । सो प्रस्ताव पारित भएपछि प्रभुले भदौ मसान्तसम्म प्रक्रिया पूरा गरिसक्ने जनाएको छ । राष्ट्र बैंकबाट अनुमति पाएको खबर आएको जनाउंदै प्रभुका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले भने, ढिलोमा भदौ मसान्तसम्म प्रक्रिमया पूरा हुनेछ । यो प्रस्तावअनुसार कार्यान्वयन भए पहिलो पटक एउटा बाणिज्य बैंक अर्कोमा गाभिने छ ।

यो पहिलो एक्विजिसन हुनेछ, शेरचनले भने उनका अनुसार ग्रान्डको एउटा शेयरको मूल्य ६० रुपैंयांको हाराहारीमा हुनेछ । यसअधिको सहमतिमा ६० कै वरिपरि हुने कुरा छ, उनले भने । दुई बैंकबीच यसअधि नै भएको सम्झौताअनुसार गाभिएपछि ग्रान्डका कुनै पनि सञ्चालक प्रभुमा रहने छैनन् । कर्मचारीको भने उचित व्यवस्थापन गरिने शेरचनले बताए । राष्ट्र बैंकले पनि कर्मचारीको व्यवस्थापन, सम्झौता कार्यान्वयनको मिति, कर्जा जोखिम व्यवस्थापनवारे चासो राखेको हुन्छ । प्रस्तावलाई स्वीकृति दिंदा यस्तो शर्त राख्ने गरिएको हुन्छ ।

प्रभुको बाणिज्य बैंक बन्ने चाहना पूरा गर्न उसले समस्यामा रहेको किष्टमा लगानी गरेको थियो । त्यतिखेरको सम्झौताअनुसार नाम प्रभु र लोगो किष्टको राखिएको थियो । शेरचनका अनुसार हाल बैंक सुधारोन्मुख छ । हाम्रो खराब कर्जाको अनुपात १० र ग्राण्डको २५ प्रतिशत जति छ, शेरचनले भने, तर हामी व्यवस्थापन गर्न सक्छौ । सम्झौतापछि प्रभुको शाखा संख्या करिब १ सय ३४ पुग्ने छ । आजको कान्तिपुरबाट ।

प्रकाशित : २ असार २०७२, बुधबार ०२:५८