प्रभुको हकप्रद अाउने पक्का « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्रभुको हकप्रद अाउने पक्का



काठमाडौं, ८ पुस  । प्रभु बैंक लिमिटेडले आफ्नो १५ औं साधारण सभा सम्पन्न गरेको छ ।  बैंकको केन्द्रिय कार्यालयमा सम्पन्न सभाले ४० प्रतिशत  अर्थात १० बराबर ४ को दरले हकप्रद शेयर दिने प्रस्ताव पारित गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी ५ अर्ब ८८ करोड १४ लाख रुपैयाँ रहेकोले उक्त नयाँ हकप्रद शेयर जारी गरेपछि बैंकको चुक्ता पूँजी ८ अर्ब २३ करोड ३९ लाख रुपैयाँ पुग्नेछ ।त्यस्तै सो सभाले २०७२/७३ को वार्षिक प्रतिबेदनमा छलफल, नयाँ एडिटरको नियुक्ति गर्ने समेत निर्णय गरेको छ ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार १०:४४