प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्धती निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशत ब्याज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, मुद्धती निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशत ब्याज



काठमाडौं । प्रभु बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असोज १ गतेबाट लागु हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

बैंकको मुद्धती निक्षेपमा पैसा राख्दा १५.१३ प्रतिशतसम्म ब्याज दिने जनाएको छ । बैंकले असोज महिनाका लागि जारी गरेको नयाँ ब्याजदरमा तीन महिना वा सो भन्दा बढीका लागि ‘प्रभु उन्नती मुद्दती निक्षेपमा १५.१३ प्रतिशत ब्याज दिने छ ।

त्यसैगरी, व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने र संस्थागत निक्षेपतर्फ भने १०.१३ प्रतिशत ब्याज दिने जनाएको छ। त्यसैगरी, बैंकका अनुसार बचतमा ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

प्रकाशित : ३१ भाद्र २०७९, शुक्रबार १५:०४