राज्यले निर्धारण गरेका योजनाहरु समयमै सम्पन्न गर्न मन्त्री केसीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

राज्यले निर्धारण गरेका योजनाहरु समयमै सम्पन्न गर्न मन्त्री केसीको निर्देशन



काठमाडौं,८ पुस। सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले राज्यले निर्धारण गरेका योजनाहरु समयमै सम्पन्न गरी परिणाममुखी नतिजा दिन कर्मचारीहरुलाई निर्देशन दिएका छन्  । शुक्रवार सहरी विकास मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतका निकायहरुको प्रथम चौमासिक प्रगती समीक्षा तथा मन्त्रालय स्तरीय समस्या समाधान समितिको बैठकमा मन्त्री केसीले प्रथम चौमासिकमा अपेक्षित कार्यप्रगती हुन नसक्नुलाई सुखद मान्न नसकिने  वताए । त्यसक्रममा मन्त्री केसीले आर्थिक वर्षको अन्त्यमा मात्र विकास वजेट खर्च गर्ने प्रबृत्ती निरुत्साहित नभएसम्म विकास अभियानले गती नलिने वताउदै काममा ढिलासुस्ती र अपारदर्शीता आफूलाई सह्य नहुने समेत वताए ।

आफू सदैव राम्रो काम गर्नेलाई प्रोत्साहित गर्ने पक्षमा रहेको वताउँदै मन्त्री केसीले १० देखि ५ वजेसम्मको समयमात्र कटाउने र छुट्टयाईएका रकमहरु काम नभई फ्रिज हुने अवस्था कम्तीमा आफ्नो मन्त्रालयमा यस आर्थिक बर्षमा अन्त्य हुर्नेपर्ने वताए । विकास आयोजनाहरु कार्यान्वयनमा कुनै समस्या भए त्यसको समाधानमा आफू क्रियाशिल रहने वताउँदै मन्त्री केसीले आफ्नो जिम्मेवारी पुरा गर्ने काममा विना दवाव निर्धक्क भएर परिणाममुखी नतिजाका लागि क्रियाशिल रहन पनि कर्मचारीहरुलाई निर्देशन दिए ।

कार्यक्रममा सहरी विकास राज्यमन्त्री मिठु मल्लले काठमाडौं उपत्यकालाई हेरेर ग्रामिण भेगमा सहरीकरणको परिकल्पना गर्ने पद्धतीको परिवर्तन हुनुपर्नेमा जोड दिँदै सहरी विकासको गतीलाइृ तिव्रता दिन कर्मचारीहरुमा उच्च मनोवल र ईच्छाशक्तीको बृद्धी हुनुपर्ने वताए ।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार १२:२६