क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा निर्वाचित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

क्यान महासंघका निवर्तमान अध्यक्ष विस्टाको ‘वोर्ड अफ डाइरेक्टर्स’ मा निर्वाचित



काठमाडौं । कम्प्युटर एशोसियसन नेपाल महासंघ (क्यान महासंघ)का निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्स ( विस्टाको सन् २०२२-२४ कार्यकालको निम्ति बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित भएका छन् । गत हप्ता बसेको विस्टाको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरासिया सो पदमा आफ्नो तेश्रो कार्यकालका निम्ति निर्वाचित भएका हुन्।

यसअघि उनी सन् २०१८-२० कार्यकालको निम्ति क्यानमा महासंघबाट प्रतिनिधित्व गर्दै सोही पदमा निर्वाचित भएका थिए भने सन् २०२०-२२ कार्यकालमा कोषाध्यक्ष थिए । चौरासियाले सन् २०१७ देखि २०१९ कार्यकालका निम्ति क्यान महासंघमा अध्यक्षको रुपमा नेतृत्व गरेका थिए ।


द नेशनल टेक एसोसियशन अफ मलेशिया (पिकोम)का अध्यक्ष डा. शिन सीहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा ५ महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हंगकंग, बहराईन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बङ्गलादेश, जापान, ताईवान, ईजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा संचार प्रविधि सम्बन्धि काम गर्ने संगठित छाता संगठनका प्रतिनिधिहरु निर्वाचित भएका छन् ।


विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विट्सा, विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ । चौरासिया बोर्ड अफ डाइरेक्टरमा निर्वाचित भएकोमा क्यान महासंघले उनको सफल कार्यकालको कामना गरेकाे छ । साथै, विट्सामा उहांको प्रतिनिधित्वले बदलिंदो प्रविधि र डिजिटल अर्थतन्त्रमा सबैको पहुंच एवं सुचना तथा संचार प्रविधि- देश विकाशको नयाँ रणनीतिक स्तम्भको रूपमा स्थापित गर्ने क्यान महासंघको प्रयासमा मद्त पुग्ने विश्वास क्यान महासंघको रहेको छ ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार ११:५३