मिर्मिरे लघुवित्तको बोनस शेयर सेयरधनीको डिम्याट खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

मिर्मिरे लघुवित्तको बोनस शेयर सेयरधनीको डिम्याट खातामा



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरेको छ । कम्पनीले गत पुस १८ गतेसम्म सेयर डिम्याट गराएका सेयरधनीको बोनस सेयर खातामा पठाइदिएको हो ।

अहिलेसम्म पनि डिम्याट नगरेकाहरुका लागि भने खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।

लघुवित्तकाे गत पुस २९ गते सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १२:०१