गोरखा पुगेर प्रचण्डले भने, छिट्टै देशव्यापी लोडसेडिङ अन्त्य गर्ने तयारीमा छाैँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

गोरखा पुगेर प्रचण्डले भने, छिट्टै देशव्यापी लोडसेडिङ अन्त्य गर्ने तयारीमा छाैँ



गोरखा ८ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशैभरी लोडसेडिङ अन्त्य गर्ने तयारी भैरहेको बताएका छन्। शुक्रबार गोर्खाको दरौदी नदीमा निर्मित ६ मेघावाटको दरौदी ‘ए’ साना जलविद्युत् आयोजनाको कार्यक्रममा प्रधानमन्त्रीले भने,‘सरकारले जनताको जीवनमा प्रत्यक्ष अनुभूति हुने गरी काम गरिरहेको छ।

काठमाडौंमा लोडसेडिङ अन्त्य गरिएको छ,’ उनले थपे,‘देशैभरी लोडसेडिङ कसरी अन्त्य गर्न सकिन्छ भनेर हामीले गृहकार्य गरिरहेका छौं। हामी छिट्टै देशव्यापी लोडसेडिङ अन्त्य गर्ने तयारी गरिरहेका छौं।’

उनले नेपाल विद्युत प्राधिकरणको व्यवस्थापनमा सुधार आएका कारण लोडसेडिङ अन्त्य गर्न सफल भएको बताए।‘व्यवस्थापनमा सुधार गर्दा, चुहावट रोक्दा, इमान्दार भएर काम गर्दा अद्भूत परिणाम आउँदो रहेछ।

ठीक मान्छेलाई ठीक जिम्मा दिँदा र लक्ष्यप्रति निष्ठावान् हुँदा चार महिनामै उपत्यकामा लोडसेडिङ अन्त्य गर्न सकियो।’ प्रधानमन्त्रीले भने।

प्रकाशित : ८ पुष २०७३, शुक्रबार १२:३५