सुनको मुल्य तोलामा ४०० रुपैंयाले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ४०० रुपैंयाले घट्यो



काठमाडौं । सोमबार सुनको मुल्य तोलामा ४०० रुपैंयाले गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ४ सय रुपैयाँ कायम भएको हो ।


त्यसैगरी तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ९ सय रुपैयाँ कायम गरिएको छ । आइतबार छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ८०० रुपैंयामा कारोबार भएको थियो ।

यता, आज चाँदीको मूल्य प्रतितोला ११७५ रुपैयाँ तोकिएको छ । आइतबार चाँदीको मुल्य ११८५ रुपैयाँमा कारोबार भएको थियाे ।

प्रकाशित : ३ आश्विन २०७९, सोमबार ११:५१