बुडोल सामुदायिक साकोसको साधारणसभा सम्पन्न, १४.५० प्रतिशत शेयर लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

बुडोल सामुदायिक साकोसको साधारणसभा सम्पन्न, १४.५० प्रतिशत शेयर लाभांश दिने



काठमाडौं । बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बनेपा, धुलिखेल र नाला गरी ३ क्षेत्रमा क्रमशः अध्यक्ष कैलाश के.सी., लेखा सुपरीवेक्षण समिति संयोजक पूर्णबहादुर कार्की र सचिव जयराम थापाको क्षेत्रगत सभापतित्वमा सम्पन्न भएको हो ।

सभामा बनेपा क्षेत्रको कार्यक्रम संचालन लेखा सुपरिवेक्षण समतिकी सदस्य शर्मिला नेपालले स्वागत मन्तव्य, संचालक समिति सदस्य गीता कुँवर क्षेत्री र प्रतिवेदन प्रस्तुत सह–कोषाध्यक्ष राधाकृष्ण श्रेष्ठले प्रस्तु गरेका थिए ।

त्यसैगरी, धुलिखेल क्षेत्रको कार्यक्रम संचालन पूर्व शिक्षा अधिकृत नविन बडाल, स्वागत मन्तव्य संचालक समिति सदस्य गायत्री खड्का र प्रतिवेदन प्रस्तुत उपाध्यक्ष प्रेमनाथ शर्मा कोईरालाले प्रस्तुत गरेका थिए ।

साथै नाला क्षेत्रको कार्यक्रम संचालन टुकुचा जागरण सेवाकेन्द्र व्यवस्थापन उपसमिति सदस्य जयराम श्रेष्ठ, स्वागत मन्तव्य संचालक समिति सदस्य अनिला श्रेष्ठ र प्रतिवेदन प्रस्तुत सह–सचिव प्रकाश भुर्तेलले प्रस्तुत गरेका थिए ।

प्रतिवेदन मार्फत आर्थिक वर्ष २०७८/०७९ को अन्त्यमा संस्थाको कुल सम्पत्ति एक अर्ब ७४ करोड ६५ लाख ५१ हजार ८२९रुपैंया रहेको छ भने कुल बचत एक अर्ब ३२ करोड २१ लाख ८४ हजार ४८४ रुपैंया रहेको छ ।

त्यस्तै, सहकारीको शेयर पूँजी १४ करोड ८७ लाख २९ हजार ९०० रुपैंया पुगेको जनाएको छ । लगानीमा रहेको ऋण भने एक अर्ब ३३ करोड ५४ लाख ६४ हजार ९९२ रुपैंया रहेको छ । त्यसैगरी, सहकारीको संस्थागत पूँजी तर्फ भने ११ करोड ७६ लाख २५ हजार ५२० र संचालन मूनाफा ६ करोड २१ लाख ६८ हजार ११७ रहेको विवरण प्रस्तुत गरिएको छ ।

सभाले सदस्यहरुलाई १४.५० प्रतिशतका दरले शेयर लाभांश र संरक्षित पूँजी फिर्ता कोषबाट बचतमा योगदान गर्ने सदस्यहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ३.५ प्रतिशत र ऋणमा योगदान गर्ने सदस्यहरुलाई ऋणमा तिरेको ब्याजको ३ प्रतिशतका दरले हुन आउने रकम वितरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै, सभासमक्ष प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष रामहरि के.सी., सल्लाहकार प्राध्यापक भोलाबहादुर के.सी., र सल्लाहकार भैरव के.सी.ले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट शुभकामना मन्तव्य राखेका थिए।

साधारण सभामा सदस्यहरुबाट उठेका जिज्ञासा र सल्लाह सुझावहरुलाई सम्बोधन गर्दै सभाध्यक्षहरुले क्षेत्रगत रुपमा आ–आफ्नो क्षेत्रबाट धन्यवाद ज्ञापन समेत गरेका थिए। सभामा कुल सदस्य संख्याको ५९ प्रतिशत सदस्यहरुको उपस्थिति रहेको थियो ।

संस्थामा आवद्ध शेयर सदस्यहरुलाई शेयर लाभांश र बाल बचतकर्ता सदस्यहरुलाई बचतको आधारमा कापि पेन्सीलरपेन वितरण आगामी असोज ६ गते विहिबारबाट वितरण गर्ने जानकारी संस्थाका का.मू. प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले जानकारी दिए ।

बुडोल सामुदायिक साकोसले आफ्नो साधारण सभामा विगत केहि वर्षदेखि बन्दसत्रमात्र संचालन गरी सपन्न गर्ने गरेको छ ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार १४:०४