सुनको मुल्य तोलामा ४०० रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा ४०० रुपैंयाले बढ्यो



काठमाडौं । मंगलबार सुनको मुल्य तोलामा ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन ताेलामा ४०० रुपैयाँले बढेर प्रतिताेला ९१ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मुल्य तोलाको ९० हजार ९०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको मुल्य पनि तोलामा ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला ११ सय ७५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ४ आश्विन २०७९, मंगलवार ११:५५