फास्ट ट्र्याक निर्माण प्रक्रिया एक महिना भित्रै अघि बढ्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

फास्ट ट्र्याक निर्माण प्रक्रिया एक महिना भित्रै अघि बढ्ने



काठमाडौं  ९ पुस । काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्र्याक) निर्माणका लागि सरकारले एक महिना भित्रै प्रक्रिया अघि बढाउने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकका अनुसार त्यसका लागि आधार समेत तयार भइसकेको छ ।

शनिबार रिर्पोर्टस् क्लवमा आयोजित कार्यक्रममा मन्त्री लेखकले दु्रत मार्ग निर्माणका लागि डिपीआर, वित्तिय व्यवस्थापन र टेण्डर प्रक्रियाका बारेमा कार्यदलले दिएको सुझावका आधारमा निर्माण प्रक्रिया अघि बढ्ने बताएका हुन् ।

द्रुत मार्ग निर्माणको अध्ययनका लागि सरकारले केही दिन अघि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठको संयोजकत्वमा दु्रत मार्ग निर्माण अध्ययन समिति गठन गरेको थियो । समितिले सरकारले आफैं निर्माण गर्ने भनिएको दु्रत मार्ग निर्माण प्रक्रियाका लागि डिपीआर, आर्थिक व्यवस्थापन र टेन्डर प्रक्रियाका बारेमा सुझाव दिने छ ।

प्रकाशित : ९ पुष २०७३, शनिबार १२:०७