एनएमबि बैंक र सिप्रदि बीच सहकार्य,बिद्युतीय गाडीमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

एनएमबि बैंक र सिप्रदि बीच सहकार्य,बिद्युतीय गाडीमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने



काठमाडौं । एनएमबि बैंक लिमिटेडले बिद्युतीय गाडीहरुमा न्युनतम ब्याजदरमै कर्जा प्रवाह गर्ने गरी सिप्रदि ट्रेडिङ्गसंग सहकार्य गरेको छ । यो सहकार्य बैंकिङ्ग क्षेत्रमै एक उत्कृष्ट योजना हो ।

जसमा ८० प्रतिशत फाइनान्सिङ्ग सहित आवश्यक सम्पूर्ण कागजात बुझाएको २४ कार्य घण्टाभित्र कर्जा प्रवाह हुने जानकारी गराइएको छ । वातावरणीय संरक्षणलाई सघाउ पु-याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले यो समझदारी गरेकोे छ जसमा न्युन ब्याजदर, लचिलो समयावधि जस्ता विशेषताहरु समावेश गरिएको जनाएको छ ।

एनएमबिको यस कर्जा योजना; ब्यवसाय संग संगै वातावरणीय दायित्व पुरा गर्नेे सचेत प्रयास पनि रहेको बैंकले जनाएको छ । यो योजनाले नेपालकै विद्युतलाई सदूपयोग हुने लक्ष्य लिइएको छ ।

यस योजनाले विद्युतीय गाडी चढ्ने ग्राहकवर्गलाई कर्जा प्रदान गर्ने मात्र नभई वातावरणलाई दिगो बनाउन समेत टेवा पुग्ने पनि जनाईएको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार २०:५८