देशभरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त(हेर्नुहोस नामावली) « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थ राजनीति

देशभरका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त(हेर्नुहोस नामावली)



काठमाडौं । निर्वाचन आयोगले १६५ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत नियुक्त गरेको छ । आयोगले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तथा अधिकृतहरु तोकेको हो ।

जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ । नियुक्त गरिएका अधिकृतहरूलाई यही असोज १२ र १३ गते निर्वाचन व्यवस्थापन सम्बन्धी अभिमुखीकरण दिइने भएको छ ।

आयोगले नियुक्तिमा परेका अधिकृतहरुलाई अभिमुखीकरण कार्यक्रममा अनिवार्य उपस्थित हुन भनेको छ । अभिमुखीकरण कार्यक्रमपछि उनीहरुलाई नियुक्ति पत्र प्रदान गरिने पनि आयोगले जारी गरेको सूचनामा जनाइएको छ । प्रत्यक्ष निर्वाचनका लागि यही असोज २३ गते मनोनयम दर्ताको कार्यसूची रहेको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १०:२४