सहकारीमा मर्जको लहरः ओम र शिव शंकर एक भए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सहकारीमा मर्जको लहरः ओम र शिव शंकर एक भए



काठमाडौं ९ पुस  । काठमाडौंको जोरपाटीस्थित ओम ज्योति सेभिङ एण्ड क्रेडिट कोअपरेटिभको १० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो अवसरमा अध्यक्ष उमेश श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै जोरपाटीकै शिव शंकर सहकारी र ओम ज्योती मर्र्ज भइ एकीकृत कारोबार सुरु गरेको जानकारी दिए । २०६२ सालमा डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारीमा हाल ३२२ जना सेयर सदस्य रहेका छन् । साथै संस्थाले नयाँ सञ्चालक समितिको चयन पनि गरेको छ ।

सुदीप सुवेदीको अध्यक्षतामा ९ सदस्यीय समिति चयन गरेको हो । उपाध्यक्षमा वालकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा रिता अधिकारी र सचिवमा हरिकृष्ण थपलिया रहेका छन् ।  सदस्यहरुमा सान्नारायण महर्जन, ओमराज थापा, अनिता भण्डारी, कृष्णप्रसाद सिग्देल र श्याम वस्ताकोटी रहेका छन् । त्यस्तै लेखा समितिको संयोजकमा उद्धव पौडेल रहेका छन् भने सदस्यहरुमा मञ्जु सापकोटा र राजकुमार हुँमागाई रहेका छन् ।

प्रकाशित : ९ पुष २०७३, शनिबार १४:५२