संकटलाई अवसरका रूपमा लिने छुट बैंकलाई छैनः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

संकटलाई अवसरका रूपमा लिने छुट बैंकलाई छैनः अर्थमन्त्री



काठमाडाै‌ । सरकारले बैंकमा पैसा राखेर १२/१३ प्रतिशत ब्याज आउने व्यवस्था हटाउने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले नाडा इभी शाेलाई सम्बोधन गर्दै बैंकको ब्याजदर नियन्त्रणमा अर्थ मन्त्रालयले चासोका साथ काम भइरहेकाले कसैलाई पनि संकटलाई अवसरका रूपमा लिएर अगाडि बढ्ने छुट नरहेको बताए ।

बैंक तथा वित्तीय संस्थाहरुले महँगो ब्याज दिएर बैंकमा पैसा तानिरहेको बताउँदै यसरी देशको विकास नहुने स्पष्ट पारे ।

शर्माले भने -‘जुन देशमा बैंकमा पैसा राखेर १३÷१४ प्रतिशत ब्याज लिन पाईन्छ, त्यो देशमा कसरी विकास हुन्छ ? समस्या यहिँ छ, यो विषयमा छलफलको गर्दैछौं, ब्याजको लोभमा बैंकमा पैसा थुपार्न हुँदैन ।’

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १३:४४