२०३० सम्म उपत्यकाभित्र विद्युतीय गाडीलाई अनिवार्य हुन्छः अर्थमन्त्री « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

२०३० सम्म उपत्यकाभित्र विद्युतीय गाडीलाई अनिवार्य हुन्छः अर्थमन्त्री



काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले अवको एक दशकमा उपत्यकाभित्र विद्युतीय गाडीलाई अनिवार्य गर्ने विषयमा बहस सुरु भएको बताएका छन् । नाडाले आजदेखि सुरु गरेको ‘नाडा इभि एक्पो २०२२’ को उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री शर्माले २०३० भित्रमा इभि गाडीलाई अनिवार्य गर्ने विषयमा बहस सुरु गर्नु पर्ने वेला आएको बताएका हुन् । उनले भने ‘अव २०३० सम्ममा काठमाडौंमा इभि गाडी मात्रै चल्छन् भन्ने वेला आयो कि आएन छलफल गर्ने वेला आएको छ । अव कट अफ मिति तय गरि निष्कर्ष निकाल्नु छ ।’

कार्यक्रममा शर्माले वार्षिक खर्बौ रूपैयाँको पेट्रोलियम पदार्थ आयात हुने गरेको भन्दै त्यस्ता सवारी साधनको आयातमा कसरी रोक लगाउन सकिन्छ भन्नेबारे अध्ययनका लागि समिति गठन गरेको बताए ।

मन्त्रालयले राजस्व सचिवको अध्यक्षतामा समिति गठन गरेको उनले जानकारी दिए । ‘कोईला, डिजेल, पेट्रोलको युग सकियो’ उनले भने ‘अब ईभी, हाइड्रोजन तर्फ गैरहेका छौं । नाडाले अब त्यसमा ध्यान दिनुपर्छ ।’

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १४:१९