हिरो इलेक्ट्रिक स्कुटरको नाडा ईभि अटो सोमा नगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अटो

हिरो इलेक्ट्रिक स्कुटरको नाडा ईभि अटो सोमा नगद तथा गिफ्ट ह्याम्परको आकर्षक अफर



काठमाडौं । भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताको रुपमा लक्ष्मी ई. मोविलिटी प्रा.लि. (लक्ष्मी गु्रपको भागिनी संस्था) ले नेपालमा हिरो इलेक्ट्रिक स्कुटरको बिक्री वितरण सुरु गरिसकेको छ । लक्ष्मी ई. मोविलिटी प्रा. लि. ले नाडा ईभि अटो सो मा स्टल न सी ७ मा बुकिंग गरि स्कुटर खरिद गर्न चाहने ग्राहकको लागि नगद सहित आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने भएको छ ।

जसमा २५ हजार सम्मको नगद पुरस्कार र लक्की ड्र मार्फत एक जनालाई जर्मन ब्राण्ड बोस वासिंग मेसिन रहेका छन् । नेपाली बजारमा एनवाईएक्स, फोटोन र सिंगल तथा डबल ब्याट्री सहितको अप्टीमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध गराइएको छ । एक पटक फूल चार्ज गरी ८२ किलोमिटर देखि १६५ किलोमिटर सम्मको रेन्ज दिने यी स्कुटरहरुले भारत सहित नेपालमा पनि अति राम्रो बजार लिएको छ ।

भारतमा हिरो इलेक्ट्रिकका १२ मोडल उपलब्ध छन् । नेपाली बजारमा हाल चार मोडेल उपलब्ध गराइएको छ र थप नयाँ मोडलको बारेमा जानकारी लिनको निम्ति आजै नाडा ईभि अटो सो मा स्टल नं सी ७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

एक दशक भन्दा लामो समयदेखि भारतमा नं. १ स्थान ओगट्न सफल हिरो इलेक्ट्रिकको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी ई. मोविलिटी प्रा. लि. ले नेपालभरका ईच्छुक पक्षबाट डिलरसिपको लागि समेत आवेदन लिदैछ ।

हिरो इलेक्ट्रिक भारतको पहिलो र सबैभन्दा ठूलो इलेक्ट्रिक टु ह्विलर्स स्कुटर निर्माता कम्पनी हो । हिरो इलेक्ट्रिकका हजारौं सन्तुष्ट गा्रहकहरु छन् । हिरो इलेक्ट्रिकले भारतमा इलेक्ट्रीक मोविलिटी क्षेत्रमा एक दशकभन्दा लामो समयदेखी अग्रस्थान ओगट्दै आइरहेको छ ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १६:२९