‘नाडा ईभी एक्सपो’ सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

‘नाडा ईभी एक्सपो’ सुरु



काठमाडौँको भृकुटीमण्डपमा विद्युतीय सवारीसाधनको प्रदर्शनी ‘नाडा ईभी एक्सपो’ सुरु भएको छ । नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले आयोजना गरेको एक्सपोको आज अर्थमन्त्री जनार्दन शर्माले उद्घाटन गरे ।

अर्थमन्त्री शर्माले अटोमोबाइल्स व्यवसायीहरूले नेपालमै विद्युतीय सवारीसाधनको उत्पादन गर्नुपर्ने बताएका छन् ।

नाडाका अध्यक्ष ध्रुब थापाले स्थिर नीति भए उद्योगी व्यवसायीहरु कम्तीमा विद्युतीय सवारी साधनको एसेम्बल नेपालमै गर्न तयार रहेको बताएका छन् ।

असोज ९ गतेसम्म चल्ने एक्सपोमा ४ पाङ्ग्रे र २ पाङ्ग्रे इलेक्ट्रिक भेहिकल ब्राण्डसहित ३ पाङ्ग्रे र अटो कम्पोनेन्ट, स्पेयर पार्टससहित वित्तीय संस्था समेतको गरी ५१ वटा स्टल छन् ।

ईभी एक्सपोमा सहभागी हुने ४ पाङ्ग्रे ब्राण्डमा हुण्डाई, टाटा, बीवाईडी, महिन्द्रा, सीजी मोटर्स, ग्रेटवाल, निसान र टेस्ला छन् ।

प्रकाशित : ६ आश्विन २०७९, बिहीबार १७:३१