सुनको मुल्यमा उच्च वृद्धि, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्यमा उच्च वृद्धि, कति पुग्यो तोलाको ?



काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्य तोलामा एक हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा एक हजार रुपैयाँले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९२ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, विहीबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदीको मुल्य पनि तोलामा १५ रुपैयाँले बढेर १२ सय रुपैयाँ कायम भएको छ । विहीबार चाँदीको मुल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार ११:२३