राष्ट्र बैंकले १२.१० अर्बको ट्रेजरी बिल जारी गर्दै,बोलकबोल कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राष्ट्र बैंकले १२.१० अर्बको ट्रेजरी बिल जारी गर्दै,बोलकबोल कहिले ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी असोज ११ गते १२ अर्ब १० करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रीय बैंकले ९१ दिने र १८२ दिने ट्रेजरी बिल गर्ने भएको हो।

९१ दिनका लागि ९ अर्ब १० करोड रुपैयाँ ट्रेजरी बिल जारी गर्नेछ । जुन पुस १२ गते परिपक्व हुनेछ । त्यसैगरी, १८२ दिनका लागि ३ अर्ब रुपैयाँको ट्रेजरी बिल जारी गर्नेछ। यो ट्रेजरी बिल चैत १४ गते परिपक्व हुनेछ।

ट्रेजरी बिलको आगामी आइतबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ। बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्ने बैंकले जनाएको छ।

ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १३:३८