लौरो स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह्र हैनः निर्वाचन आयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

लौरो स्वतन्त्र उम्मेदवारहरुको चुनाव चिन्ह्र हैनः निर्वाचन आयोग



काठमाडौं । लौरो चुनाव चिह्न स्वतन्त्र उम्मेदवारहरुको भएको दाबी सहितको प्रचार रोक्न निर्वाचन आयोगले निर्देशन जारी गरेको छ ।

यो चुनाव चिह्न हाम्रो नेपाली पार्टीको भएको भन्दै आयोगले ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा भइरहेको प्रचार रोक्न निर्देशन दिएको हो ।

आयोगले हाम्रो नेपाली पार्टीलाई स्पष्टीकरण सोध्दै स्वतन्त्र उम्मेदवारको लौरो निर्वाचन चिह्न भनेर गरिएको प्रचार कानुन सम्मत नदेखिएको बताएको छ ।

कानुन विपरीत भ्रम सिर्जना गरेकाले कारबाही किन नगर्ने भनेर हाम्रो नेपाली पार्टी र यसका अध्यक्ष अनन्तराज घिमिरेलाई आयोगले तीन दिने स्पष्टीकरण समेत सोधेको छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १७:१३