नेप्सेमा २५ लाख कित्ता शेयर सुचिकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

नेप्सेमा २५ लाख कित्ता शेयर सुचिकृत



काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा अभियान लघुवित्तको शेयर सुचिकृत भएको छ। आज शुक्रबार कम्पनीको २५ लाख कित्ता शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै आइतबारबाट कम्पनीको शेयर कारोबार गर्न सकिने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँसम्मको रेन्ज तोकेको छ । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने छन् । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

आइतबारको स्पेसल पी ओपन सेसनमा पहिलो कारोबार भई मूल्य तय भएपछि नियमित सत्रमा कम्पनीको शेयर कारोबार हुने छ । कम्पनीको AVYAN सिम्बलबाट कारोबार हुने छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १७:२५