अर्थलाई निर्वाचन आयोगले पठायो २४ घण्टे पूर्जी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अर्थलाई निर्वाचन आयोगले पठायो २४ घण्टे पूर्जी



काठमाडाैं । निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग बजेट विवरण मागेको छ । निर्वाचनको पूर्वसन्ध्यामा ठूलो मात्रामा बजेट रकमान्तर भएको उल्लेख गर्दै आयोगले मन्त्रालयलाई २४ घण्टाभित्र सम्पूर्ण विवरण उपलब्ध गराउन निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिजारी गर्दै आमनिर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वार्षिक बजेट तथा कार्यक्रममा नपरेका विभिन्न नयाँ योजनाहरु बनाएर बजेट रकमान्तर गरिएको भन्दै आपत्ति जनाएका हुन् ।

संघीय संससबाट आर्थिक वर्ष २०७९/८० का लागि स्वीकृत वार्षिक बजेट तथा कार्यक्रमभन्दा पृथक तरिकाबाट नयाँ योजना तथा कार्यक्रम सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १७:५५