युनाइटेड इनस्याेरेन्सकी सिईओ पाैडेलद्वारा राजिनामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

युनाइटेड इनस्याेरेन्सकी सिईओ पाैडेलद्वारा राजिनामा



काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनीकी सिईओ उपासना पौडेलेले आज आफ्नो पदबाट राजिनामा दिएकी छिन् । कम्पनी स्रोतका अनुसार पौडेलले आज देखि लागू हुने गरि राजिनामा दिएकी हुन् । उनको राजिनामा स्वीकृत हुन बाँकी छ ।

२०७८ साल बैशाख १६ गते युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा नियुक्त भएकी पौडेलले डेढ वर्ष नपुग्दै राजिनामा दिएकी हुन् ।

भारतमा अध्ययन गरेर फर्केकी पौडेलले युनाईटेड इन्स्योरेन्स कम्पनीमा उल्लेख्य प्रगति गर्न सफल भएकी छिन् । गत आवमा कम्पनीको मुनाफा ३२ प्रतिशतले बृद्धि भएर १३ करोड ९६ लाख पुगेको छ । अघिल्लो आवमा कम्पनीले जम्मा १० करोड रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।पौडेल हिमालयन रि इन्स्योरेन्स कम्पनीमा जान राजिनामा दिएको बताइएको छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १९:५२