मिलिजुली कालिञ्चोक साकाेसकाे २९औं साधारणसभा सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिलिजुली कालिञ्चोक साकाेसकाे २९औं साधारणसभा सम्पन्न



काठमाडौं । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि.ले २९ औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभा संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठ को अध्यक्षता तथा भीमेश्वर नगरपालीका प्रमुख ईश्वर नारायण मानन्धरको प्रमुख आतित्थ्यतामा सम्पन्न भएको हो ।

संस्थाले २०७९ साल भाद्र ३० गते बिहीबार पहिलो एकाई र २०७९ साल आश्विन ३ गते सोमबार दोस्रो एकाईको साधारण सभा सञ्चालन गरेको थियो । उक्त एकाईहरुबाट निर्णय प्रमाणित गर्नको लागि आएका शेयर सदस्यहरु सम्मिलित सभा एवं २९ औं बार्षिक साधारण सभा शनिबार समापन गरेको छ ।

साधारण सभा समापन कार्यक्रममा आ.ब. २०७८/०७९ मा उत्कृष्ट कारोवार गर्ने नियमित बचतकर्ता शेयर सदस्य, जेष्ठ शेयर सदस्य, अशक्त शेयर सदस्य, पत्रकार, पुर्व सञ्चालक, पुर्व लेखा सुपरिवेक्षण समिति, उत्कृष्ट सेवाकेन्द्र, उत्कृष्ट ऋण कारोवार गर्ने सदस्य, उद्यमी शेयर सदस्य, सेवाकेन्द्र स्तरमा उत्कृष्ट कारोवार गर्ने शेयर सदस्यहरु, बर्ष उत्कृष्ट कर्मचारी, सेवाकेन्द्र उत्कृष्ट कर्मचारी, पुर्व कर्मचारी गरी २८ बिधामा सम्मान, प्रशंसा तथा पुरस्कार बितरण गरेको छ ।

त्यस्तै, आ.ब. २०७८/०७९ को अन्त्यमा संस्थाको कुल वासलात १ अर्ब २४ करोड ७५ लाख ६९ हजार ९१५ पुगेको छ भने २४ हजार ९४७ जना शेयर सदस्य र ९ हजार २६२ जना बालबचतकर्ता गरी कुल जम्मा ३३ हजार २०९ जना बचतकर्ताहरु पुगेका छन् ।

मिलिजुली कालिञ्चोक साकोस लि. २०६९ सालमा राष्ट्रिय सहकारी बैंक लि. बाट मध्यमाञ्चल उत्कृष्ट संस्था, २०७१ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट संस्था, आ.ब. २०७१/०७२, २ं०७३/०७४ र २०७४/०७५ मा आन्तरीक राजश्व कार्यालयबाट उत्कृष्ट करदाता, २०७६ सालमा नेफ्स्कूनबाट एकीकरणमा नेपाल उत्कृष्ट, २०७७ सालमा नेफ्स्कूनबाट नेपाल उत्कृष्ट ब्यवस्थापक, २०७८ मा नेफ्स्कून बाट उत्कृष्ट संस्थापक अध्यक्ष जस्ता सम्मान तथा प्रशंसा पाउन मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था सफल भएको छ ।

सहकारीले चालु आ.ब. मा आफ्ना शेयर सदस्यहरुलाई प्रविधियुक्त मुस्कान सहितको सेवा प्रवाहलाई प्राथमिकतामा राखेको छ ।

प्रकाशित : ८ आश्विन २०७९, शनिबार १४:५८