तयार बस्नुहोस् , समता माईक्रोफाईनान्सको साधारण सेयर निष्कासन हुदैछ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तयार बस्नुहोस् , समता माईक्रोफाईनान्सको साधारण सेयर निष्कासन हुदैछ



काठमाडाै १० पुस । समता माईक्रोफाईनान्स वित्तिय संस्थाको तेस्रो वार्षिक साधारणसभाले कार्यक्षेत्र विस्तार तथा साधारण सेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले ९४ हजार ८ सय कित्ता आइपीओ जारी गर्न धितोपत्रबोर्डबाट अनुमति पाइसकेको छ ।
संस्थाले सर्वसाधारणलाई करीव ९० लाख रुपैयाको साधारण सेयर जारी गर्ने भएकोछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रधन्धकमा एनआइबिएल क्यापिटल लिमिटेड रहेको छ । बाराको सिमरामा केन्द्रीय कार्यालय रहेको यो संस्था नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजत प्राप्त वित्तिय संस्थाको रुपमा २०७० बाट कारोवार सुरु गरेको हो । कम्पनीको चुक्तापूँजी तीन करोड १६ लाख रुपैया रहेको छ ।

प्रकाशित : १० पुष २०७३, आईतवार ११:१९