नेपाली बजारमा ‘यति भोड्का’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नेपाली बजारमा ‘यति भोड्का’



काठमाडाैं । अल्ट्रा प्रिमियम ह्विस्की बन्दीपुर र गोर्खाज एण्ड गनका निर्माताले बहुप्रतिक्षित ‘यति भोड्का’ बजारमा ल्याएका छन्। यति भोड्का एक अद्वितीय, गैर–परम्परागत बोतल र फंकी लेबलमा उपलब्ध रहेको छ। आकर्षक विज्ञापन तथा प्रचार तथा बनोटसमेतले उपभोक्ताको ध्यान खिच्ने कम्पनीले विश्वास लिएको छ।

कम्पनीका प्रवक्ता भन्छन्, ‘बन्दीपुर र गोर्खाज एण्ड गनको सफलतापछि हामी आधुनिक नेपाली उपभोक्तालाई उच्च गुणस्तरको स्पिरिटसहितको भोड्का उपलब्ध गराउन चाहन्थ्यौँ। यति भोड्का कुनै पनि अन्तर्राष्ट्रिय भोड्काभन्दा कम गुणस्तरको छैन।’

यती भोड्का स्विट्जरल्याण्डबाट पेटेन्ट गरिएका प्रविधिहरूसँग अतुलनीय सहजताका लागि चार गुणा डिस्टिल्ड र ट्रिपल प्लेटिनम फिल्टर गरिएको कम्पनीले जनाएको छ।

यतिले देशका सबै प्रमुख बजारमा ३ साइज, ७५० एमएल, ३७५ एमएल र १८० एमएल क्रमशः २,२००, १,१०० र ५५० रुपैयाँमा उपलब्ध गराएको बताएको छ।

प्रकाशित : ९ आश्विन २०७९, आईतवार १५:३५