चन्द्रागिरी पुगेर के भने चिनियाँ कम्यूनिष्ट पार्टीका सचिव “ची” ले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

चन्द्रागिरी पुगेर के भने चिनियाँ कम्यूनिष्ट पार्टीका सचिव “ची” ले ?



काठमाडाै १० पुस । चिनियाँ कम्यूनिष्ट पार्टी ‘चेन्दु’का सचिव टाङ्ग लियाङ्ग चीले चन्द्रागिरी केबलकारको अनौपचारिक भ्रमण गरेका छन् । चीको नेतृत्वमा आएको चिनियाँ टोलीलाई चन्द्रागिरी हिल्स लिमिटेडका अध्यक्ष चन्द्रप्रसाद ढकाल र महाप्रवन्धक अभिषेकविक्रम शाहले स्वागत गरेका थिए ।

अनौपचारिक भ्रमणमा आएको चिनियाँ टोलीलाई अध्यक्ष ढकालले चन्द्रागिरीमा निर्माण भएको पूूर्वाधारहरुको बारेमा जानकारी दिँदै चीन नेपालको नजिकको छिमेकी मित्र राष्ट्र भएको र पछिल्लो समयमा चीनले हासिल गरेको आर्थिक समृद्वि र त्यसबाट सिर्जित अवसरहरुको सदुपयोग नेपालको निजी क्षेत्रले गर्नसक्ने विश्वास व्यक्त गरे । चिनियाँ कम्युनिष्ट पार्टी ‘चेन्दु’ का सचिव चीले ‘ चन्द्रागिरीमा निर्माण भएको एकीकृत पर्यटकीय गन्तब्यबाट आफूू अत्यन्तै प्रभावित भएको र यस्तै अन्य परियोजनाहरुको निर्माण हुने हो भने नेपालको आर्थिक विकासले छोटो समयमा तीब्रता पाउने विश्वास व्यक्त गरेकाे ढकालले बताए ।

यसअघि चेन्दुका मेयर समेत रहेका टाङ्ग लियाङ्ग ची काठमाडौं महानगरपालिका र चीनको सिचुवान प्रान्तको सदरमुकाम चेन्दुबीच भगिनी सहरको सम्बन्ध स्थापनाका लागि सम्झौतापत्रमा हस्ताक्षर गर्न गत शुक्रबार नेपाल भ्रमणमा आएका थिए । सो टोलीमा चीनको स्वशासित क्षेत्र तिब्बत पिपुल्स कंग्रेस(संसद्)का अध्यक्ष बाई माचिलिन र सिनो हाइड्रोका वरिष्ठ इञ्जिनियर फाग जुन लगायत दूई दर्जन चिनियाँ विशिष्ट व्यक्तित्वहरुको सहभागिता  थियो ।

काठमाडौंको दक्षिण–पश्चिममा अवस्थित चन्द्रागिरी डाँडा धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छ । नेपालको आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने एवं बाह्य पर्यटकहरुको नेपाल बसाईलाई लम्ब्याउने उद्देश्यले यस डाँडामा चन्द्रागिरी हिल्स लिमिटेड स्थापना भएको हो ।

गत साउन २४ गतेबाट व्यवसायिक संचालनमा आएको चन्द्रागिरी केबलकारको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही मंसिर ३० गते उद्घाटन गरेका थिए ।

प्रकाशित : १० पुष २०७३, आईतवार १२:०८