नाडा ईभी एक्स्पो २०२२ सकियो, ३० हजार बढीले गरे अवलोकन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अटो

नाडा ईभी एक्स्पो २०२२ सकियो, ३० हजार बढीले गरे अवलोकन



काठमाडौं । नाडा ईभी एक्स्पो २०२२ आइतबार सकिएको छ । नेपालमा पहिलो पटक विद्युतीय सवारीको भव्य प्रदशनी मेला भएको हो ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालले असोज ६ गतेदेखि ९ गतेसम्म संचालन गरेको ‘नाडा इभि एक्स्पो २०२२’मा भव्य प्रदर्शनी रहेको छ ।

४ दिनसम्म संचालन भएको इभी एक्स्पोमा उत्साहजनक सहभागिता रहेको छ । मेलाको अन्तिम दिनसम्म ३० हजार बढीले अवलोकन गरेको नाडा अटोमोबाइल्स एशोसियसनका सचिव तथा इभी एक्स्पोका संयोजक अनुप कुमार बरालले जानकारी दिए । इभी एक्स्पोमा विद्युतीय सवारी तथा आगन्तुकको उत्साहपूर्ण सहभागिता रहेको उनले बताए । इभी प्रति मान्छेको चासो वृद्धि रहेको र मेलामा उल्लेखीय बुकिङ भएको संयोजक बरालले जानकारी दिए । उनका अनुसार मेलाले विद्युतीय सवारी प्रति मानिसको विश्वास बढेको बताए ।

आयोजकले ४० हजार आगन्तुकले अवलोकन गर्ने प्रक्षेपण गरेको थियो । उक्त इभी एक्स्पोमा विद्युतीय सवारी साधन, पार्ट पुर्जा, विद्युतीय सेवा एवं अन्य सम्बन्धित सरोकारवाला संघ संस्थाहरूको भव्य प्रदर्शनी रहेको थियो । एक्स्पोमा विश्वका चर्चित विद्युतीय सवारीका ब्राण्डहरु प्रदशर्ननमा राखिएको थियो ।

एक्स्पोमा ७ वटा ब्राण्डका चार पांग्रे, एउटा तीन पांग्रे, १६ वटा ब्राण्डका दुई पांग्रे, ३ वटा ब्राण्डका टायर, २ वटा ब्राण्डका ब्याटरी, ९ वटा पार्ट–पुर्जा, ग्यारेज उपकरण कम्पनी को सहभागिता रहेको छ ।

चार पांग्रे तर्फ टाटा मोटर्स, हुन्डाई, टेस्ला, नेटा, बिवाइडी, चांगन प्रदर्शनमा रहेका थिए । तीन पांग्रे तर्फ ट्रियो र दुई पांग्रे तर्फ लेभ्निङ, नियो, याडिया, जिओ, ओला, सुपर सोको, हिरो इलेक्ट्रिक, दुहान/मिकु, जोय, सेगवे, आइमा, टेल–जी, टिबिए, प्योर, लेक्ट्रो, रेमोटर्सका भव्य प्रदर्शनी रहेको थियो ।

समापनको दिन भृकुटीमण्डमा ईभी चौतारी अन्तर्गत विद्युतीय सवारीसाधन र राज्यको नीतिका विषयमा छलफल समेत भएको थियो । उक्त छलफलमा नेपाल राष्ट्र बैंक, नेपाल विद्युत प्राधिकरण, यातायात व्यवस्था विभाग लगायतका सरकारी र अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित : ९ आश्विन २०७९, आईतवार १९:५९