सुनको मुल्य तोलाको ४०० रुपैंयाले घट्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलाको ४०० रुपैंयाले घट्याे



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ४०० रुपैयाँले घटेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, शुक्रबार चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले घटेरर ११५० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मुल्य प्रतितोला ११६० रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार ११:४५