अनलाईन सपिङमा मनपरी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अनलाईन सपिङमा मनपरी



काठमाडौं ११ पुस। २ साताअघि रामकोटका प्रवेश शर्माले स्पोन्सर्ड एड गरिएको फेसबुक पेज ‘एज सिन अन युट्युब’मा कपडा राख्ने दराज र दाह्री काट्ने मेसिन देखे । घरमा नै ल्याइपुर्‍याइदिने विज्ञापन देखेपछि फोन गरे । सामान मगाए । उनले सामान त पाए, बिल पाएनन् । उनले खरिद गरेको दराजमा लक गर्ने बोल्ट पूरा थिएन ।

घरमा नै बसेर सपिङ गर्दा सजिलो हुने भएको भन्दै सामान मगाएका शर्माले मूल्य पनि महङ्गो, सामान पनि ड्यामेज र त्यसको बिल पनि नपाएपछि आफू ठगिएको महसुस गरे । उनले त्यसपछि उनले सामान साट्नका लागि अफिसको खोजी गरे । तर पाएनन् ।

शर्माले दराजलाई तीन हजार रुपैयाँ तिरेका थिए । जबकि उनले त्यस्तै सामान न्यूरोड क्षेत्रमा २८ सय रुपैयाँमा किनेका थिए । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

यसरी अनलाइन सपिङमा मनलाग्दी हुँदा पनि नियमनमा आउन सकेको छैन । राजश्व कार्यालयका महानिर्देशक चुडामणी शर्माले यस विषयमा सामान्य छलफल भए पनि कुनै ठोस काम नभएको स्वीकार गरे ।

प्रकाशित : ११ पुष २०७३, सोमबार ०३:०१