एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २६ अर्बले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

एक सातामा बाणिज्य बैंकहरुको निक्षेप २६ अर्बले बढ्यो



काठमाडौं । असोजको पहिलो साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै बढेको छ। नेपाल बैंकर्स संघका अनुसार असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको हो।

योसँगै वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ८६ अर्ब रुपैयाँ रहेको थियो।

त्यस्तै, असोजको पहिलो सातामा वाणिज्य बैंकहरुले कर्जा लगानी पनि बढाएका छन् । यो एक साताको अबधिमा बाणिज्य बैंकहरुको कर्जा लगानी ४ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९० अर्ब रुपैयाँ रहेको थियो।

असोज ७ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२१ प्रतिशत रहेको छ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १२:५४