हलगोरुले जोतेको घण्टाको ५०० रुपैंयां « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

हलगोरुले जोतेको घण्टाको ५०० रुपैंयां



Agriculture-development-farmकाठमाडौं। अघिल्लो वर्षसम्म काभ्रे मण्डन क्षेत्रका किसानले दिनभर गोरु जोतेको २ हजार ५ सय रुपैंयांसम्म तिर्थे चर्को मूल्यमा बिउबिजनको पैसा तिरेर पनि उनीहरुले जेनते कृषि पेसालाइृ निरन्तरता दिएकै थिए । तर, यतिबेला त्यस भेगका जनता अब मकै भर्ने की नछर्ने भन्ने समस्यामा परेका छन् ।

लामो खडेरी पछि पानी पर्दा काभ्रेका किसान गोरु नै नपाउने समस्याबाट गुज्रिरहेका छन् । भूकम्पबाट घर भत्किएका काभ्रेका मण्डन क्षेत्रका किसान मकै छर्न गोरुले जोतेको मात्र एक घण्टाको ५ सय रुपैंयां तिर्न बाध्य भएका छन् । त्यसैले गर्दा किसानहरु मकै छर्ने वा नछर्ने भन्ने समस्यामा परेका हुन् । केही समयअघि एक हल गोरुको दरभाउ छिनिन्थ्यो ।

गोरुको भउसंगै हलीले पनि एक हल गोरुकै पैसाबाट आप्mनो पारिश्रमिक लिने गर्दथे । तर गाउंमा गोरुको संख्या घटेसंगै काभ्रेको अन्न उत्पादनको भण्डार मानिएको महादेवस्थानका किसानहरु घण्टाकै ५ सय रुपैंयांमा गोरु जोताउन बाध्य बनेको आजको राजधानीले खबर छापेको छ ।

प्रकाशित : २ असार २०७२, बुधबार ०३:०३