लघुबीमा लाईसेन्सको लागि सात कम्पनीको आवेदन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

लघुबीमा लाईसेन्सको लागि सात कम्पनीको आवेदन



काठमाडौैं । बीमा समितिमा लघुबीमाको लाईसेन्सको लागि सात कम्पनीले आवेदन दिएका छन् । लघुबीमामा आवेदन दिने समय सकिन २ दिनमात्रै बाँकी रहँदा समितिमा ७ वटा कम्पनीले आवेदन दिएको हुन् ।

मंगलबार एकै दिनमा ७ कम्पनीको आवेदन परेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले अर्थबजारडटकमलाई जानकारी दिए ।

आवेदन दिनेमा स्वेदेशी लघु जीवन बीमा, नेको लाइट (जनरल) इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, जानकी जीवन बीमा, गण्डकी माइक्रो इनस्योरेन्स, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स रहेको छ ।

बीमा समितिले भदौ १० गते ३ जीवन बीमा र ४ निर्जीवन बीमा गरी ७ लघुबीमा कम्पनी स्थापनाको लागि प्रस्ताव आह्वान गरेको थियो ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १७:५८