सुनको मुल्य तोलामा २०० रुपैंयाले बढ्यो, कति पुग्यो तोलाको ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनको मुल्य तोलामा २०० रुपैंयाले बढ्यो, कति पुग्यो तोलाको ?



काठमाडौं । बुधबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा २०० रुपैयाँले बढेको हो । योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य प्रतितोला ९१ हजार १०० रुपैयाँ कायम भएको छ।

हिजो छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ र तेजाबी मुल्य ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।आज चाँदीको मुल्य तोलामा ५ रुपैयाँले घटेर १ हजार १४५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा १० रुपैयाँले घटेर १ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार ११:२६