गल्फ लुब्रिकेन्ट्सले दशैं यात्रुहरूलाई लक्षित गरी कार र मोटरसाइकलको ‘फ्री चेकअप क्याम्प’ सञ्चालन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

गल्फ लुब्रिकेन्ट्सले दशैं यात्रुहरूलाई लक्षित गरी कार र मोटरसाइकलको ‘फ्री चेकअप क्याम्प’ सञ्चालन गर्दै



काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले दशैंमा आ-आफ्नो घर जाने यात्रुहरूलाई लक्षित गर्दै चार पांग्रे र दुइ पांग्रे सवारी साधन ‘ फ्री चेकअप क्याम्प’ आयोजना गर्ने भएको छ । सो क्याम्प असोज १३ देखि १५ सम्म आयोजना हुनेछ ।

कम्पनीका अनुसार,“ नेपालीको महान चांड दशैंको अवसरमा हामीमध्ये धेरैजना सडकबाट निजी सवारी साधनमा घर फर्कनेछौं । सो यात्रा आरामदायी बनाउन हामीले महत्त्वपूर्ण ठाउँहरु पहिचानगरी, त्यहाँ फ्री चेकअप क्याम्प आयोजना गर्दै छौ।“

जसमा मलेखु, हेटौडा , कावासोती, खुर्कोट, बर्दिवास, कोहलपुर, अटरिया, लौकी इटहरीमा चम्प स्थापना गरिएको जनाएको छ । सो चम्प मा कम्पनीले गल्फ इन्जिन आयलमा १० प्रतिशत सम्म छुट र स्पेयर पार्ट्समा १० प्रतिशत सम्म छुट पनि दिनेछ ।

फ्युल रिटेल र लुब्रिकेन्टको क्षेत्रमा गल्फ विश्वमै परिचित ब्रान्ड हो र यसले अटोमोटिभ देखि इन्डष्ट्रियल सेक्टर सम्मका उत्पादन उपलब्ध गराउने जनाएकाे छ ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार १२:५३