प्रभु बैंक र दियालो लर्डस् प्लाजा बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंक र दियालो लर्डस् प्लाजा बिच आकर्षक छुट प्रदान गर्ने सम्झौता



काठमाडौं । प्रभु बैंक लिमिटेड र वीरगंज स्थित दियालो लर्डस् प्लाजा बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रदेश २ मुख्य व्यवसाय केन्द्र अधिकारी भुषण गुप्ता र दियालो लर्डस् प्लाजाका तर्फबाट महाप्रबन्धक शैलेज तेरीद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकलाई दियालो लर्डस् प्लाजाद्धारा सञ्चालित “फुड, वेभरेज, डाइनिङ्ग र रुम सर्भिस” सेवामा १५ प्रतिशत र “ ट्यारिफ कार्डको स्पेशल रुम रेट सेवामा” २५ प्रतिशतका साथै “कन्फेरेन्स/डीनर प्याकेजको ब्याङ्क्वीट रेटमा” २० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत दियालो लर्डस् प्लाजामा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, दियालो लर्डस् प्लाजाका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुुनेमा बैंक विश्वस्त छ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार १७:१४