फोनपेमार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

फोनपेमार्फत भाटभटेनीमा क्यूआर भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने



काठमाडौं । नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपेको क्यूआरमार्फत भाटभटेनी सुपर मार्केटमा भुक्तानी गर्दा अनलिमिटेड सपिङ गर्न सकिने भएको छ।

फोनपे, भाटभटेनी र प्रभु बैंकको सहकार्यमा अनलिमिटिड सपिङ गर्न सकिने योजना सञ्चालन गरिएको हो। यस योजनाअन्तर्गत फोनपेमार्फत क्यूआर गर्दा हरेक हप्ता ७० जनाले अनलिमिटेड सपिङ गर्न सक्नेछन्।

यसका साथै ३५ दिनमा २० हजारजनाले भाटभटेनीको एक हजार रुपैयाँको डिजिटल भौचर प्राप्त गर्न सक्नेछन्। यो भाउचर फोनपे अफर एपमा आउनेछ र विजेता हरेकदिन भाटभटेनीको अफिसियल फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणमार्फत सार्बजनिक गरिनेछ।

यसैगरी आममानिसलाई सपिङ गर्न सहज होस् भन्ने उद्देश्यले फोनपे क्यूआरमार्फत भुक्तानी गर्नेलाई निःशुल्क भाटभटेनीको झोला प्राप्त हुनेछ। यो योजना कात्तिक १३ गतेसम्म सञ्चालन हुनेछ।

यस्तै फोनपेले दसैँका अवसरमै ‘चाडवाडमा जीवन सहज बनाउँ, नगद छोडौँ फोनपे गरौँ’ योजनासमेत सञ्चालन गरेको छ। यस योजनाअन्तर्गत हरेक दिन फोनपेमार्फत क्यूआर गर्ने, फोनपे डाइरेक्टमार्फत रकम कारोबार गर्ने र अनलाइन भुक्तानी गर्नेमध्ये एकजना ग्राहकले दैनिक नगद रु। १ लाख जित्न सकिनेछ। यो योजना ग्राहकहरुका लागि असोज १३ गतेसम्म लागू हुनेछ।

यसैगरी क्यूआरमार्फत भुक्तानी लिने मर्चेन्टले पनि हरेक दिन सामसुङको आकर्षक मोबाइल फोन जित्न सक्नेछन्। मर्चेन्टहरुको यो योजना कार्तिक १२ गते ४० दिन सम्मका लागि लागू हुनेछ। फोनपेको एक लाख जित्ने योजनामा सहभागी हुनका लागि ग्राहकले फोनपे अफर एपमा गइ चुनौती अर्थात् च्यालेन्ज एसेप्ट गर्नुपर्नेछ।

फोनपे नेटवर्कमा आबद्ध कुनै पनि बैंक तथा वित्तीय संस्था तथा विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाइल एपबाट सहजै क्यूआरमार्फत भुक्तानी गर्न सकिन्छ। यसैगरी फोनपे डाइरेक्टमार्फत मोबाइल नम्बर राखी कुनै पनि बैंकको बैंक खातामा रकम पठाउन सकिन्छ भने विभिन्न किसिमका सेवाको रकम भुक्तानी गर्न सकिन्छ।

फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी प्रणाली सञ्चालक आबद्ध छन्। यस्तै फोनपेमा हालसम्म करिब १० लाख मर्चेन्ट रहेका छन्। १ करोड ५० लाखभन्दा धेरै मोबाइल बैंकिङ प्रयोगकर्ता तथा भुक्तानी प्रणाली सेवा प्रदायकका मोबाइल एपमार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ।

प्रकाशित : १२ आश्विन २०७९, बुधबार १७:१९