सेयरबाट करोडपतिको तेस्रो संस्करण बजारमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सेयरबाट करोडपतिको तेस्रो संस्करण बजारमा



काठमाडौं,  ११ पुस । सेयर विश्लेषक रविन्द्र भट्टराईको पुस्तक सेयरबाट करोडपतिको तेस्रो संस्करण बजारमा आएको छ ।
विमोचन भएको एक हप्तामै पहिलो पाँच हजार प्रति बिक्री भएको पुस्तकको दोस्रो सँस्करण गत असारमा बजारमा आएको थियो । गत जेठ १२ गते पहिलो संस्करण बजारमा आएको यो पुस्तक हाल सम्म दश हजार प्रतिबिक्री भइसकेको छ ।

तेस्रो संस्करणमा धेरै विषय वस्तु थप गरिएको छ भने कतिपय पुनर्लेखन गरिएको छ । भाषागत त्रुटि हटाइएको छ । जसले पाठकलाई पढ्न अझबढी उत्प्रेरित गर्ने छ । दोस्रो संस्करणको तुलनामा पुस्तकको पृष्ठ संख्या केही बढेको छ तर पनि मूल्यभने यथावत राखिएको छ जसले गर्दा उही मूल्यमा पाठकले अझ बढी पढ्न पाउने भएका छन् ।

प्रकाशित : ११ पुष २०७३, सोमबार ०९:३३