सुनको मुल्य एकैदिन तोलामा १२०० रुपैंयाले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सुनको मुल्य एकैदिन तोलामा १२०० रुपैंयाले बढ्यो



काठमाडौं । बिहीबार सुनको मुल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा एकैदिन १ हजार २०० रुपैयाँले बढेको हो।

योसँगै छापावाल सुनको मुल्य प्रतितोला ९२ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९२ हजार ३०० रुपैयाँ कायम भएको छ।बुधबार सुनको मुल्य प्रतितोला ९१ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मुल्य ९१ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार १४५ रुपैयाँमा किनबेच भएको थियो।

प्रकाशित : १३ आश्विन २०७९, बिहीबार ११:२६