सिटिजन्स बैंकको साधारण सभा कात्तिक ४ गते, बुक क्लोज कहिले ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सिटिजन्स बैंकको साधारण सभा कात्तिक ४ गते, बुक क्लोज कहिले ?



काठमाडौ । सिटिजन्स बैंकले कात्तिक ४ गते वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले सभा अमृतभोग, कालिकास्थान डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेबाट गर्ने निर्णय गरेको हो ।

सभामा आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा रहेको छ । त्यसैगरी, कम्पनीले ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । यसर्थ, कम्पनीले १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ (कर सहित) नगदमा खर्च गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को संञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।

सभा प्रयोजनका लागि कम्पनीले असोज २८ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज २७ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : १३ आश्विन २०७९, बिहीबार ११:३८