अान्दोलनमा सेयर बजार लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

अान्दोलनमा सेयर बजार लगानीकर्ता



काठमाडाै ११ पुस । सेयर लगानीकर्ता संघले छ सुत्रीय माग अघि सार्दै अान्दोलनमा उत्रेको छ । संघले बुधबार नेपाल स्टक एक्सचेन्जको कार्यालयमा शान्तिपूर्ण धर्ना दिने निर्णय  समेत गरेको छ ।

अध्यक्ष उत्तम अर्यालले हस्ताक्षर गरेको बक्तब्यमा बाणिज्य बैंकलाई सेयर दलाल लाईसेन्स दिनुपर्ने, हालका सेयर दलालहरुलाई तत्काल शाखा बिस्तार गर्न दिनुपर्ने माग अघि सारिएको छ ।

त्यसैगरी  अनलाईन सेयर कारोबार प्रणाली यथाशीघ्र कार्यान्वयनमा ल्याईनु पर्ने, हकप्रद, बोनस, मर्जर र सुचकृत नीति स्पष्ट हुनुपर्ने, बजार निर्माता ल्याउन पहल गर्नुपर्ने र गैर आवासीय नेपालीलाई पूँजी बजारमा ल्याउन पहल गर्नुपर्ने माग पनि गरिएको छ ।
यस्तो छ बक्तब्य पढ्नुस्

प्रकाशित : ११ पुष २०७३, सोमबार ०९:४०