रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् साधारणसभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थबजार स्टोरी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा, यस्ता छन् साधारणसभा



काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले कार्तिक ६ गते आइतबार ज्ञानेश्वरको लिसरा ब्यान्क्वेटमा सभा आह्वान गरेको हो ।

सभामा आईपिओ निष्काशन गर्ने सहितका विविध प्रस्ताव पेश हुने छन् । सभामा संचालक समितिको पाँचौं वार्षिक प्रतिवेदन उपर छलफल गरी पारीत गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०७८ आषाढ मसान्तको वासलात तथा सोही मितिमा समाप्त आ.व. २०७७, ७८ को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण सहितका अनुसूचिहरु (NFRS) अनुसारको वित्तीय विवरणहरु समेत उपर छलफल गरी पारीत गर्ने, तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन्।

त्यस्तै सञ्चालक नियुक्तिको अनुमोदन गर्ने र कम्पनीको प्रवन्धपत्र वमोजिम सर्वसाधारणमा जारी गरीने जारी पूँजीको ३० प्रतिशत शेयर जारी गर्ने सम्वन्धमा प्रस्ताव पेश हुने छन् ।

कम्पनीले प्रिमियम मूल्यमा आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । कम्पनीले अंकित मूल्य १०० मा ११२ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २१२ रुपैयाँमा आईपिओ निष्काशन गर्नको लागि अनुमति माग गरेको हो ।

बोर्डले अनुमति दिए कम्पनील यहि प्रिमियम मूल्यमा आईपिओ निष्काशन गर्ने छ । कम्पनीले सर्वसाधरणलाई ६० लाख कित्ता शेयर निष्काशन गर्नको लागि अनुमति माग गरेको हो । हाल कम्पनीको १ अर्ब ४० करोड रुपैयाँ छ भने आईपिओ निष्काशनपछि २ अर्ब पुग्ने छ । शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार १०:५०