मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल



काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले ५ वर्ष पुरागरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ । मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा अगाडी बढेको छ । आर्थिक वर्ष २०७८/०७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । मेगा क्यापिटलले हाल सम्म करिब १,८०,००० (एक लाख असि हजार) डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८,००,००,००० को पोटफूलियो व्यवस्थापन गर्दै आएको छ ।

मेगा क्यापिटलले Corporate Advisory (संस्थागत परामर्शदाता ) सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ्ग क्षेत्रमा नँया आयाम थपेको छ । त्यस्तै गरी नँया कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । विभिन्न कम्पनीहरुसँग IPO र Underwriting सम्झौता पनि भएको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको छ ।

क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौँ उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको छ ।

मेगा क्यापिटललाई आजको अवस्थामा पु¥याउन सहयोग गर्नुहुने मेगा बैंक नेपाल लिमिटेडका संस्थापक आदर्निय सेवाग्राहीहरु र सेयर धनीहरु, मेगा बैंक लि. लगायत सम्पूर्ण सरोकारवालाहरु र शुभ चिन्तकहरुमा आइरहेको विजयादशमी, दिपावली, छठपर्व र नेपाल सम्बतको विशेष शुभकामना दिन चाहन्छौँ साथै आगामि दिनमा समेत गुणस्तरीय सेवादिने प्रतिबद्घता व्यक्त गर्दछौ ।सबिर बादे श्रेष्ठ , मेगा क्यापिटल मार्केट्स लिमिटेड

प्रकाशित : १४ आश्विन २०७९, शुक्रबार १४:०४