पुँजी बजारमा चरम निराशा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पुँजी बजारमा चरम निराशा



काठमाडाै ११ पुस । सोमबार सेयर बजार ४२.८४ अंकले घटेर बन्द भएको छ । कारोबार खुलेदेखि नै निरन्तर ओरालो गतिमा रहेको बजार अन्ततः १४३२.५७ अंकमा झरेर बन्द भएको हो । कारोबार भएका सबै समूह राताम्मे भएका छन् । सबैभन्दा धेरै बीमा समूह ३११.०१ अंकले घटेको छ । बैंकिङ, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स र अन्य क्रमशः ४०.८६, ३७.०५, ३३.१९, ४४.१६, १९.९४ र १८.८ अंकले घटेका छन् ।

बजार घटेपछि कारोबार रकम पनि घटेको छ । सोमबार ४८ करोडको मात्रै कारोबार भएको छ । दिनभरिमा १३० वटा कम्पनीको १५ लाख ५० हजार दुई सय ५५ कित्ता सेयर चार हजार दुई सय ३७ पटक खरिदविक्री हुँदा कुल ४८ करोड १२ लाख ४७ हजार दुई सय सात रुपैयाँ पुँजी परिचालन भएको हो । सोमबार गत बिहीबारको तुलनामा २ करोड कमको सेयर किनबेच भयो । १३० कम्पनीका १५ लाख ५० हजार २ सय ५५ कित्ता सेयर ४८ करोड १२ लाख रुपैयाँमा किनबेच भयो ।

वाणिज्य बैंकहरुले २३ करोड बढीको सेयर कारोबार गरे । यस्तै, बिमा कम्पनीहरुले १२ करोड ४६ लाख, विकास बैंकहरुले ७ करोड १४ लाखको कारोबार गरे ।

कम्पनीगत हिसाबले सबैभन्दा बढी एभरेष्ट बैंकले ३ करोड ५४ लाख, बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडले ३ करोड ३७ लाख, नेको इन्स्योरेन्सले २ करोड ३४ लाख, सिद्धार्थ बैंकले १ करोड ९६ लाख, नेपाल बंगलादेश बैंकले १ करोड ७५ लाखको कारोबार गरे । सोमबार धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ५ स्थानमा वाणिज्य बैंक, एक स्थानमा विकास बैंक र बाँकी ४ स्थानमा विमा कम्पनीहरुको कब्जा रह्यो ।

बजारमा  चरम निराशा हुँदा दुई कम्पनीका लगानीकर्ता भने मालामाल भए । जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक र मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । सोमबार ०.२५ प्रतिशतदेखि १० प्रतिशतसम्म कमाउनेमा १३ कम्पनी मात्र समेटिए । बाँकी सबै कम्पनीले गुमाए  ।

अर्कोतर्फ, १० प्रतिशतकै हाराहारीमा सम्पत्ति गुमाउनेमा ४ कम्पनी देखिए । नागबेली लघुवित्त विकास बैंक, कर्णाली विकास बैंक, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स र प्रोग्रेसिभ फाइनान्सका लगानीकर्ताले १० प्रतिशतको हाराहारीमा सम्पत्ति गुमाउन पुगे । प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य ८.४४ प्रतिशतले घट्यो ।

यस्तै ८ कम्पनीको सेयर मूल्यमा ७ देखि ८ प्रतिशतको हाराहारीमा गिरावट आयो । ४ कम्पनीको सेयर मूल्य ६ प्रतिशतदेखि ७ प्रतिशतसम्म, ६ कम्पनीको सेयर मूल्य ५ देखि ६ प्रतिशतको दरले घट्यो ।

प्रकाशित : ११ पुष २०७३, सोमबार १०:१४