एनएमबि बैंकले इएमभि कार्ड बितरण सुरु गर्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एनएमबि बैंकले इएमभि कार्ड बितरण सुरु गर्यो



काठमाडौं, ११ पुस  । एनएमबि बैंक  ले इएमभि चिप युक्त डेबिट कार्ड , क्रेडिट कार्ड तथा डलर कार्डको बितरण सुरु गरेको छ । माईक्रोप्रोसेसर चिप  जडित यो कार्डबाट हरेक पटकको कारोवार कम्पेक्स अलगोरिथम बाट इनक्राप्ट गरिने हुँदा कार्डको डाटा चोरी तथा जालसाजीको सम्भावना अत्यन्त न्यून हुने बैंकले जनाएको छ ।

यस इएमभि चिप युक्त कार्डबाट एनएमबि बैंकका ग्राहकहरुले देश तथा विदेशमा समेत सुरक्षित तथा सरल तरिकाले कार्ड प्रयोग गर्न पाउने बैंकले बिश्वास लिएको छ ।

प्रकाशित : ११ पुष २०७३, सोमबार १२:३५