कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

कार्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइने



काठमाडौं । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने भएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधी खुवाइने जनाएको हाे ।

भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइने र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।

सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम र २०५६ सालबाट जुकाको औषधि खुवाउने अभियानको सुरुवात गरेको हो ।

दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब २७ लाख बालबालिकाहरुलाई भिटामिन ए र २३ लाख ९३ हजार बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाईने महाशाखाले जनाएको छ ।

प्रकाशित : २६ आश्विन २०७९, बुधबार १३:२२